Friday 16th October 2026

कुवेत सरकारले कोभिड-१९ को खोप निशुल्क वितरण गर्ने


तितोपाटी- कोरोना महामारीबाट बच्न कुवेत सरकारले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्कप्रदान गर्ने भएको छ ।

कुवेत सरकारले हिजो बिहिबार गरेको घोषणा अनुसार विश्वभरका नियामक एजेन्सीहरूले अनुमोदन गरेपछि कोभिड–१९ खोपको डोसदिने कार्य सुरु गर्ने भएको छ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयको अनुसार यो वर्षको अन्तिम र अर्कों वर्षको सुरुमा एस्ट्राजेनिका पीएलसी र फाइजर कोभिड– १९ खोपकुवेत ल्याउन औषधी उत्पादक संस्थासंग खोपहरु वितरणका लागी सम्झौता गरिएको छ।

मन्त्रालयका अधिकारीका अनुसार उक्त खोप कुवेतीलाई मात्रै नभइ आप्रवासीहरुको लागी पनी निशुल्क खोप प्रधान गर्ने बताउदै कुवेतसरकारले औषधी उत्पादक संस्था एस्ट्राजेनिका पीएलसी फाइजर इंक संग खोप ल्याउने सहमति भइसकेको जनाएको छ।

एस्ट्राजेनिका पीएलसी र फाइजर इंक कम्पनीको खोप प्राथमिक परिणाम अनुसार ९० प्रतिशत भन्दा बढी प्रभावकारी दिखिएको कुवेतसरकारले जनाएको छ । प्राथमिक चरणका खोपहरू वृद्ध,अन्य विविध रोगीहरु, मेडिकल स्टाफ, स्वास्थ्यकर्मीहरू, विभिन्न शीर्ष–लाइनका कार्यकर्ताहरू, सुरक्षा तथा उद्धार स्थर र देशका मूल निवासीहरूलाई दिइने छ। मूल निवासीलाई खोप दिएपछि विदेशीहरूलाईखोप वितरण गरिने बताइएको छ।

साथै १८ वर्ष भन्दा कम उमरका मानीष र गर्ववती महिला यी दुबै जनालाई उक्त भ्याकसिन लिन भने अनुमति दिइएको छैन।

मन्त्री अल सबाहका अनुसार मिश्रीफ क्षेत्रमा अन्तर्राष्ट्रिय फेयरग्राउन्डलाई उल्लेख गर्दै देशको चर्चित ठाऊ रहेको र दैनिकरूपमा १०,०००मानीसलाई कोभिड खोप दिन सकिने बताउदै खोप लगाए पछी कोरोनाभाइरसका लागि कसले खोप लगाएको छ भनेर देखाउन एउटाडिजिटल प्रमाणपत्र समेत दिइने मन्त्रीले बताए।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...