Friday 14th November 2025

कुवेतमा विदेशीहरूको दुई वर्षे भिसाको अन्त्य


तितोपाटी- कुवेतमा कार्यरत प्रवासीहरुलाई रेसिडेन्सी भिसा दुई वर्षे समयावधिको अन्त्य संगै भिसा अवधि केवल एक बर्षको लागि मात्र लगाउन पाइने भएको छ।

कुवेतस्थित गृह मन्त्रालयले दुई वर्ष वा सोभन्दा बढीको भिसा अवधिमा रोक लगाएको छ । कोरोनालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो। जुन पहिले दुई वर्षीय भिसामा अनुमति दिइएको थियो। यस निर्णयबाट प्रभावित व्यक्तिहरू कुवेत नागरिकका विदेशी पत्नीहरू सहित उनीहरूका बच्चाहरूका लागी लागु हुने , कुवेतस्थित अरबटाइम्सले जनाएको छ।

एक वर्षको लागि भिसा अवधि छोटो हुने भएको कारण कोरोनाभाइरस महामारीको नतिजासँग सम्बन्धित रहेको छ। कुवेत भित्र दुई वा बढी वर्ष आधिकारिक वर्क परमिट भएका निजी क्षेत्रका कर्मचारीहरू बाहेक सबैलाई रेसिडेन्सी एक बर्ष भन्दा बढीको लागि रोकिने भएको छ।

समचारका अनुसार कोरोनाभाइरस महामारीको अन्त्य अथवा महामारीमा कमी आएपछी चिकित्सा परीक्षण, सुरक्षा प्रतिबन्ध समीक्षा र अन्य प्राविधिक मामिला पछि यी सेक्सनमा एक बर्ष भन्दा बढी भिसा प्रवासीलाई अनुमति दिन सक्ने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...