Friday 9th October 2026

साझा पार्टी र विवेकशीलबीच एकिकरण


तितोपाटी- विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । एकीकरण भएको सहमति पत्रमा विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डे र साझा पार्टीका संयोजक रविन्द्र मिश्रले हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।

अब एकीकरण पछि पार्टीको नयाँ नाम विवेकशील साझा पार्टी हुने भएको छ । चुनाव चिन्ह तराजु राख्ने निर्णय पनि भएको छ ।

नव गठित विवेकशील साझा पार्टीको अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने सम्झौता भएको छ । यस अघि ०७४ साउन ११ गते एउटै भएका विवेकशील र साझा ०७५ पुसमा अलग अलग भएका थिए । आज भएको यो उनीहरुको दोस्रो एकिकरण हो ।

एकिकरणपछि अध्यक्ष रविन्द्र मिश्रले आफ्नो पार्टी अब बैकल्पिक पार्टी हुने बताएका छन् । विवेकशील साझाको २६ सदस्यीय सचिवालयमा को को परे ?

रवीन्द्र मिश्र, मिलन पाण्डे, शोभा शाक्य, प्रकाशचन्द्र परियार, रञ्जु दर्शना, अनुपमान सैजु, गोपी हमाल, केशव दाहाल, अब्दुस मियाँ, समीक्षा बास्कोटा, निरुपमा यादव, महेश भण्डारी, निर्देश सिलवाल, सुमित्रा गुरुङ, रजिया बानू, आशुतोष तिवारी, अनुषा थापामगर, हिरामणि पौडेल, राजेन्द्र पंगेनी, अनिल भेटवाल, रमेश पौडेल र प्रतिभा डंगोल ।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...