Friday 16th October 2026

कुवेतको आकाश खुल्दै तर जाडो बढ्दै


तितोपाटी- कुवेतमा केही दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ। हिजो सोमवार कुवेतको मौसम चिसो भएको अनुभूति गरीएको छ भने कुवेतमा अब क्रमशः चिसो बढ्ने अनुमान गर्न सकिन्छ।

कुवेतस्थित मौसम विभागको पुर्वानुमान अनुगमनकर्ता अब्दुलाजीज अल– कारावीको जानकारी अनुसार अबको केही  दिन पछी कुवेतमा निकै चिसो मौसम हुने बताएका छन।

अरबटाइम्समा उल्लेखित उक्त समाचारमा दिनमा मौसम मध्यम र रातमा चिसो हुने बताइएको छ।

पश्चिमी वायुको प्रभावले तापक्रम मध्यमगतिमा घट्ने सम्भावना रहेको छ। रिपोर्टका अनुसार न्यूनतम तापक्रम ११ र १३ डिग्री सेल्सियस त्यस्तै अधिकतम तापक्रम २० र २३ डिग्री सेल्सियस बिच हुनेछ।

केही दिन देखि लगातार वर्षा भएको कुवेतमा हिजो देखि भने मौसममा सुधार देखिएको छ।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...