Wednesday 31st December 2025

कुवेतको आकाश खुल्दै तर जाडो बढ्दै


तितोपाटी- कुवेतमा केही दिनको वर्षा पछी चिसो मौसम सुरु भएको छ। हिजो सोमवार कुवेतको मौसम चिसो भएको अनुभूति गरीएको भने कुवेतमा अब क्रमशः चिसो बढ्ने अनुमान गर्न सकिन्छ।

कुवेतस्थित मौसम विभागको पुर्वानुमान अनुगमनकर्ता अब्दुलाजीज अलकारावीको जानकारी अनुसार अबको केही  दिन पछी कुवेतमा निकै चिसो मौसम हुने बताएका छन।

अरबटाइम्समा उल्लेखित उक्त समाचारमा दिनमा मौसम मध्यम रातमा चिसो हुने बताइएको छ।

पश्चिमी वायुको प्रभावले तापक्रम मध्यमगतिमा घट्ने सम्भावना रहेको छ। रिपोर्टका अनुसार न्यूनतम तापक्रम ११ १३ डिग्री सेल्सियस त्यस्तै अधिकतम तापक्रम २० २३ डिग्री सेल्सियस बिच हुनेछ।

केही दिन देखि लगातार वर्षा भएको कुवेतमा हिजो देखि भने मौसममा सुधार देखिएको छ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...