Saturday 10th October 2026

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।
देशभर राजावादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रधानमन्त्रीले गणतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गरेका हुन् । त्यसबाहेक समसामयिक राजनीतिक विषयबस्तु, कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा छलफल हुने भट्टराईले बताए ।
भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि गत वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...