Saturday 28th February 2026

प्रियंका र अायुश्मानले गरे इन्गेजमन्ट, विहे १ वर्ष पछि


तितोपाटी – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । प्रियंका र आयुष्मानबीच शनिबार आफन्त र निकटस्थहरुको सहभागितामा यी दुईबीच इन्जेगमेन्ट सम्पन्न भएको हाे ।आयुष्मानकी आमा रविना देशराजले र पूर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंका र आयुष्मानलाई बधाई दिएपछि उनीहरूले इन्जेगमेन्ट गरेकाे खबर बाहिरिएकाे थियाे ।

मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।

याे खबर मिडिया र उनीहरूकाे फ्यानहरूलार्इ सरप्राइज थियाे । खबर बाहिरिए लगत्तै सामाजिक संजालमा उनीहरूलार्इ बधार्इकाे अाेइराे लागेकाे थियाे ।

इन्जेगमेन्ट हतारमा र याेजना मुताबिक गरिएकाे प्रियंकाले बताएकी छिन् । उनले बिहे भने एक वर्षपछि गर्ने जानकारी दिएकी छिन् ।

हतारमा इन्गेजमेन्ट गर्नुको कारण भने उनले खुलाएकी छैनन् । खुसी हुँदै प्रियंकाले भनिन्- ‘यो मायाले उर्जा दिएको छ, म निकै खुशी छु । अब त म झनै नरोकिइकन काम गर्छु ।’

इन्गेजमेन्टकाे तस्विरमा प्रियंका र आयुष्मान दुबै जना निकै नै खुसी देखिन्छन् ।


सम्बन्धित शीर्षकहरु

बेइरुत/तेहरान/तेलअभिव — इरानमाथि सम्भावित अमेरिकी सैन्य कारबाहीको चर्चा चुलिँदै जाँदा मध्यपूर्वको शक्ति–सन्तुलनमा इरानसमर्थित सशस्त्र समूह हिज्बुल्लाह को भूमिकामाथि नयाँ प्रश्न…

निर्वाचनको संघारमा चार पूर्व प्रधानसेनापति दिल्लीमा: अर्थपूर्ण संकेत कि नियमित भेटघाट ? काठमाडौँ, फागुन १५ — नेपालमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी…

काबुल/इस्लामाबाद — अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा पछिल्ला दिनहरूमा सैन्य झडप तीव्र बन्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि ठूला सैन्य क्षति…

प्रतिकृयाहरू
...