Saturday 10th October 2026

दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने


तितोपाटी- सत्तारूढ नेकपाको सचिवालयमा दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले पूर्व निर्धारित समयमा आइतबार १ बजे नै स्थायी कमिटी बैठक बस्ने र सोहि बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल हुने जानकारी दिएका छन् । पार्टीको विवाद उत्कर्षमा पुगेको बेला यसअघि मङ्सिर १७ गते बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपनि आजको बैठकमा भने सहभागी भएका थिए ।

आजको बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड लामो समयपछि आज वान टू वान छलफल गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

प्रतिकृयाहरू
...