तितोपाटी- सत्तारूढ नेकपाको सचिवालयमा दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले पूर्व निर्धारित समयमा आइतबार १ बजे नै स्थायी कमिटी बैठक बस्ने र सोहि बैठकमा दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अब दुवै प्रस्ताव स्थायी कमिटीमा छलफल हुने जानकारी दिएका छन् । पार्टीको विवाद उत्कर्षमा पुगेको बेला यसअघि मङ्सिर १७ गते बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपनि आजको बैठकमा भने सहभागी भएका थिए ।
आजको बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड लामो समयपछि आज वान टू वान छलफल गरेका थिए ।