Saturday 1st August 2026

हत्या कसुरमा युवकलाई जन्मकैदको फैसला


तितोपाटी- जिल्ला अदालत उदयपुरले कटारी नगरपालिका–११ लखनथुम्का बस्ने २५ वर्षीय युवकलाई स्थानीय ५० वर्षीया महिलाको हत्या गरेको कसुरमा जन्मकैद सजाय र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले २५ वर्षीय रोशन राउतलाई डोरकुमारी राउतको हत्या गरेको कसुरमा आजीवन कारावास (जन्मकैद) जेल सजाय र रु एक लाख क्षतिपूर्ति जरिवाना गर्ने फैसला गरेको हो ।

यही भदौ २७ गते स्थानीय ५० वर्षीय महिला डोरकुमारीलाई सामान्य झगडामा लछारपछार गर्दै घरबाट गाईगोठमा लगेर खुकुरी प्रहार गरी हत्या गरेको अभियोग राउतमाथि लागेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यले बताए ।

हत्या गरिएकी महिलाका आफन्तले इलाका प्रहरी कटारीमा जाहेरी दिएपछि राउतलाई पक्राउ गरेर असोज २१ गते अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाइएको अदालतले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स…

कुवेत आयल कम्पनी (KOC) ले जुरासिक तहका तेल तथा ग्यास स्रोतको खोजीमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कुवेतको ऊर्जा सुरक्षालाई थप…

प्रतिकृयाहरू
...