Thursday 18th December 2025

काठमाण्डाैमा जथाभावी बाटो काट्ने बटुवालार्इ कडा नियम


तितोपाटी – महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलार्इ सचेत गराउन जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको अन्य स्थानबाट बाटो काट्नेलाई २ घण्टा प्रशिक्षण दिने भएको छ । दैदल यात्रुलाई जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो अभियान थाल्ने भएको हो ।

महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलार्इ सचेत गराउन १२ जना प्रहरी निरीक्षकलार्इ जुनियर अधिकृतसहित उपत्यकाका जेब्रा क्रस र आकाशेपूल भएका स्थानमा खटाउँदैछ । यो टोलीले जथाभावी बाटो काटिरहेकाहरूलार्इ बीच सडकबाटै समातेर फुटपाथमा ल्याउनेछ र त्यही उभ्याएर राख्नेछ । त्यसपछि बिहान १ देखि ११ र दिउँसो ४ देखि ६ बजेसम्म सडक र यात्रु सुरक्षाबारे प्रशिक्षण दिनेछ ।

महाशाखाका अनुसार हाल उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाराजगंज, कालीमाटी र जावलाखेल लगायतका स्थानमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...