Sunday 4th October 2026

काठमाण्डाैमा जथाभावी बाटो काट्ने बटुवालार्इ कडा नियम


तितोपाटी – महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलार्इ सचेत गराउन जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको अन्य स्थानबाट बाटो काट्नेलाई २ घण्टा प्रशिक्षण दिने भएको छ । दैदल यात्रुलाई जेब्रा क्रसिङ र आकाशे पुलबाट मात्रै बाटो काट्ने बानीको विकास गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्तो अभियान थाल्ने भएको हो ।

महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मिच्नेलार्इ सचेत गराउन १२ जना प्रहरी निरीक्षकलार्इ जुनियर अधिकृतसहित उपत्यकाका जेब्रा क्रस र आकाशेपूल भएका स्थानमा खटाउँदैछ । यो टोलीले जथाभावी बाटो काटिरहेकाहरूलार्इ बीच सडकबाटै समातेर फुटपाथमा ल्याउनेछ र त्यही उभ्याएर राख्नेछ । त्यसपछि बिहान १ देखि ११ र दिउँसो ४ देखि ६ बजेसम्म सडक र यात्रु सुरक्षाबारे प्रशिक्षण दिनेछ ।

महाशाखाका अनुसार हाल उपत्यकाका कोटेश्वर, ठिमी, नयाँबानेश्वर, थापाथली, पूरानो बसपार्क, केशहरमल, सिंहदरबार,गौशाला, महाराजगंज, कालीमाटी र जावलाखेल लगायतका स्थानमा जथाभावी बाटो काट्ने यात्रु समाउन ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

प्रतिकृयाहरू
...