Sunday 4th October 2026

यातायात सिन्डिकेट बिउँताउने चलखेल


तितोपाटी – यातायात क्षेत्रमा सिण्डिकेट अन्त्य गर्ने घोषणाप्रति सरकार पछि हटेको छ । सरकारले साउनदेखि यातायातको सिण्डिकेट ‘वैधानिक अन्त्य’ गर्ने घोषणा गरेपनि यातायात समिति तत्काल खारेज नगर्ने भएको छ ।

सरकारले यातायात समितिहरुलाई अझै वैधानिकताको समय दिने र खोसिएका सुविधा फिर्ता दिने तयारी गरेपछि व्यवहारतः सिण्डिकेट तत्काल अन्त्य नहुने पक्का भएको हो ।
सरकारले निर्णय अनुसार यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिईने भएको हो । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो ।

अब मन्त्रिपरिषद बैठकबाटै समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी छ । मन्त्रिपरिषद बैठक सोमबार बस्दैछ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियामा ३० हजारदेखि ४० हजारसम्म पाकिस्तानी सैनिक तैनाथ भएको एक पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। उनीहरूको मुख्य…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित रहेकै बेला सहकारीको रकम हिनामिनासम्बन्धी विषय उठेपछि…

तेहरान/गाजा — इरानले हमासलाई रोकिएको आर्थिक सहयोग पुनः सुरु गर्ने विषयमा कुनै प्रतिबद्धता नजनाएको एक प्यालेस्टिनी स्रोतले इजरायली सार्वजनिक प्रसारक…

प्रतिकृयाहरू
...