ए! “कता हिंडेको पुलिसको? लाठी खानु छ।”
यो सडक तिम्रो विर्ता हो र ? उसले बिस्तारै भन्यो ।
एई !”समात त्यसलाई सडक कसको हो बताउनु पर्यो। “समाई त हाले उसलाई । उ फुत्किन खोज्दै थियो । एकलाठी बजाई हाले।
होइन मेरो के गल्ती भय?, ऊ प्रश्न गर्दे थियो । अझै बोल्छस् : फेरि हान यसलाई, जान्ने हुँदो रहेछ।
हामी को हो? थाहा छ तँलाई । यो त टेलर हो बाँकी फिल्म त भित्र गए पछि सुरु हुन्छ।
उसलाई घिसार्दै भित्र लगियों । उसको आँखा रसाएका थिए ।
भित्र लगे पछि बिन्ती गर्दै,”हजूर माफ पाउँ, मेरो के गल्ती भयाे”भन्यो उसले । सलाम गर यसलाई गल्ती गरेकाे छैन रे । यति के आदेश आएको थियो । सकुन्जेल जुत्ताले उसको निधारमा हाने । अब भन् आफैं गल्ती के हो? ऊ अलमल्ल पर्यो । अनि कुन पार्टीको मान्छे तँ ।हजूर म! उ माथी जोरपाटी गाउँको।
ए अझै बाठो भाको? हान फेरि यसलाई । फेरि फेरि एक बुट हानियो । उसको टाउकोबाट रगतका धारा बग्न थाले । रगत बग्दा उसको शरीरमा भएको माटोको रेखि बस्दै थियो ।
फेरि सोधियो, सत्यता के हो? ऊ रुदै भन्यो,हजूर म तल गिट्टी कुट्ने गर्छु । पुल मुनि अनि घर माथि जोरपाटी हो ।
फेरी कड्केर सोधे, “आज निषेधित क्षेत्र घोषणा गरेको थाहा थिएन?” इशाराले नाई भनि मुन्टो हल्लायो उसले । ए हो र ? ल यो कागजमा सही (हस्ताक्षर) गर्ने अनि चुपचाप जानें, माहोल ठीक छैन ।
उसलाई के थाहा के हुँदैछ । जब उ बाहिर निस्कियो, भीडबाट आवाज आयो, प्रहरी दमन मुर्दावाद, माहराज बन्न पाइँदैन। विचरा ऊ भने जति सक्यो चाँडो भीडबाट भाग्ने कोसिस गर्दे थियो । उनीहरू चिच्याइ रहे, ऊ भागी रहयो।
नारायण कोइराला
तानसेन पाल्पा
हाल, यूए