Thursday 1st October 2026

लघुकथा: अनौठो कानून -नारायण कोइराला


ए! “कता हिंडेको पुलिसको? लाठी खानु छ।”
यो सडक तिम्रो विर्ता हो र ? उसले बिस्तारै भन्यो ।
एई !”समात त्यसलाई सडक कसको हो बताउनु पर्यो। “समाई त हाले उसलाई । उ फुत्किन खोज्दै थियो । एकलाठी बजाई हाले।

होइन मेरो के गल्ती भय?, ऊ प्रश्न गर्दे थियो । अझै बोल्छस् : फेरि हान यसलाई, जान्ने हुँदो रहेछ।
हामी को हो? थाहा छ तँलाई । यो त टेलर हो बाँकी फिल्म त भित्र गए पछि सुरु हुन्छ।
उसलाई घिसार्दै भित्र लगियों । उसको आँखा रसाएका थिए ।

भित्र लगे पछि बिन्ती गर्दै,”हजूर माफ पाउँ, मेरो के गल्ती भयाे”भन्यो उसले । सलाम गर यसलाई गल्ती गरेकाे छैन रे । यति के आदेश आएको थियो । सकुन्जेल जुत्ताले उसको निधारमा हाने । अब भन् आफैं गल्ती के हो? ऊ अलमल्ल पर्यो । अनि कुन पार्टीको मान्छे तँ ।हजूर म! उ माथी जोरपाटी गाउँको।
ए अझै बाठो भाको? हान फेरि यसलाई । फेरि फेरि एक बुट हानियो । उसको टाउकोबाट रगतका धारा बग्न थाले । रगत बग्दा उसको शरीरमा भएको माटोको रेखि बस्दै थियो ।

फेरि सोधियो, सत्यता के हो? ऊ रुदै भन्यो,हजूर म तल गिट्टी कुट्ने गर्छु । पुल मुनि अनि घर माथि जोरपाटी हो ।
फेरी कड्केर सोधे, “आज निषेधित क्षेत्र घोषणा गरेको थाहा थिएन?” इशाराले नाई भनि मुन्टो हल्लायो उसले । ए हो र ? ल यो कागजमा सही (हस्ताक्षर) गर्ने अनि चुपचाप जानें, माहोल ठीक छैन ।

उसलाई के थाहा के हुँदैछ । जब उ बाहिर निस्कियो, भीडबाट आवाज आयो, प्रहरी दमन मुर्दावाद, माहराज बन्न पाइँदैन। विचरा ऊ भने जति सक्यो चाँडो भीडबाट भाग्ने कोसिस गर्दे थियो । उनीहरू चिच्याइ रहे, ऊ भागी रहयो।

नारायण कोइराला
तानसेन पाल्पा
हाल, यूए


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...