Monday 18th May 2026

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा


तितोपाटी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल उद्घाटनका लागि जाँदै थिए। पुल उद्घाटनका क्रममा झडप हुन सक्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

दमौलीबाट नेपाली कांग्रेसका कार्यकर्तासहित करिव २ किलोमिटर अगाडी पर्ने बुल्दी पुलमा निर्मित मोटरेवल पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले वरिष्ठ नेता पौडेलसहित कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको हो।

नाराजुलुससहित गएका कांग्रेसका कार्यकर्ताहरुलाई प्रहरीले अवरोध गरेपछि प्रहरी र कांग्रेस कार्यकर्ताबीच भडप समेत भएको थियो। झडपको क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसहित नेपाली कांग्रेस तनहुँका कार्यवहाक सभापतिसहित एक दर्जन नेता तथा कार्यकर्ता पक्राउ गरेको कांग्रेसका दाबी छ। तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराल कति जनालाई पक्राउ गरिएको भन्ने निक्र्योल नभएको बताए।

 


सम्बन्धित शीर्षकहरु

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

प्रतिकृयाहरू
...