Monday 19th January 2026

नेकपा सचिवालय बैठक बस्दै


तितोपाटी- सत्तारूढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले अघिल्लो बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा छलफल गर्न बैठक दिउँसो एक बजेपछि पार्टी कार्यालय धुम्वाराहीमा बस्न लागेको हो ।प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए। ओलीले उठाएका प्रश्नहरूको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत नेताहरुले सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन । अध्यक्ष ओलीले दाहाललाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिएको उनीहरूको ठहर छद । दाहालले नेकपा गठन भइसकेपछि पार्टीमा समस्या देखिएको, झण्डै दुई तिहाइको सरकारले प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार तथा अनियमितता बढेको, कोरोनाले पारेको असरमा सरकारले देखिने गरी जनतालाई काम गर्न नसकेको आरोप लगाएका छन् । ओलीले भने दाहाललाई विभिन्न आरोप लगाएका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...