Wednesday 1st May 2024

तीन स्थानमा उद्योग वाणिज्य महासंघको मतदान जारी


तितोपाटी- नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा तीन स्थानमा शान्तिपूर्ण तवरले मतदान भइरहेका छन्।

महासंघको कार्यालय टेकुमा समाचार तयार पार्दासम्म १०१ मा ५७ मत खसिसकेको छ। बबरमहलस्थित कार्की ब्यांकेटमा ६ सय हाराहारी र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कुल मतमध्ये ५० प्रतिशत खसिकेको निर्वाचन समिति कर्मचारीले बताएका छन्।

जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए। वरिष्ठ उपाध्यक्ष र तीन उपाक्षध्य पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। कुल मतदाता एसोसिएटतर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताए।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन्। गोल्छापछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा छन्।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदमा चुनाव भइरहेको छ। महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...