Saturday 1st August 2026

तीन स्थानमा उद्योग वाणिज्य महासंघको मतदान जारी


तितोपाटी- नेपाल उद्योग वाणिज्य महासंघको जारी निर्वाचनमा तीन स्थानमा शान्तिपूर्ण तवरले मतदान भइरहेका छन्।

महासंघको कार्यालय टेकुमा समाचार तयार पार्दासम्म १०१ मा ५७ मत खसिसकेको छ। बबरमहलस्थित कार्की ब्यांकेटमा ६ सय हाराहारी र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कुल मतमध्ये ५० प्रतिशत खसिकेको निर्वाचन समिति कर्मचारीले बताएका छन्।

जिल्ला नगर तर्फका लागि कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले बताए। वरिष्ठ उपाध्यक्ष र तीन उपाक्षध्य पदसहित कुल ६३ पदका लागि १ सय २७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। कुल मतदाता एसोसिएटतर्फ ९ सय ३ जना, द्विराष्ट्रिय तर्फ ६ जना, जिल्ला नगर तर्फ १ सय ५ जना र वस्तुगत तर्फ १ सय १ जना मतदाता रहेको प्रवक्ता पौडेलले बताए।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको अध्यक्ष बन्दै छन्। गोल्छापछिको नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्ष पदमा महासंघका वर्तमान उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यनलसहित चुनावी मैदानमा छन्।

महासंघका दुई केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र राष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदमा चुनाव भइरहेको छ। महासंघको ५४ औं साधारणसभा यही मंसिर ११ गते देखि शुरु भएको थियो साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...