Monday 3rd August 2026

रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


तीतोपाटी – रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–८, घारीखोलाबाट जन्ती लिएर फर्कदै गरेको रा१ज ५८९ नम्बरको जीप शुक्रबार बेलुकी साढे ८ बजे दुर्घटना हुँदा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको हो।

आठवीसकोट नगरपालिका–८ का ५१ वर्षीय कलीभान नेपाली, सोही गाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ। ५८ वर्षीय लालबहादुर नेपालीको भने उपचारका लागि नेपालगन्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको  रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

जीप चिप्लिएर दुर्घटना भएको बताइएको छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयहरुले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

चीनले म्यानमारको रणनीतिक ऊर्जा पूर्वाधारमा गरेको लगानी अहिले त्यहाँ जारी गृहयुद्धको एउटा महत्वपूर्ण कारण बन्न पुगेको विश्लेषण गरिएको छ। सन्…

भारतको कर्नाटक राज्यमा पछिल्लो करिब पाँच दशकयताकै पहिलो पटक मन्त्रिपरिषद्मा कुनै पनि महिला मन्त्री समावेश नभएको अवस्था सिर्जना भएको छ।…

चीनका विभिन्न क्षेत्रमा लगातार भारी वर्षा भइरहेका कारण सरकारले उच्च सतर्कता अपनाएको छ। विशेष गरी शान्सी, सिछुवान, चोङकिङ, गुइझाउ, ग्वाङ्सी…

प्रतिकृयाहरू
...