Thursday 2nd May 2024

रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


तीतोपाटी – रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। आठवीसकोट नगरपालिका–८, घारीखोलाबाट जन्ती लिएर फर्कदै गरेको रा१ज ५८९ नम्बरको जीप शुक्रबार बेलुकी साढे ८ बजे दुर्घटना हुँदा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको हो।

आठवीसकोट नगरपालिका–८ का ५१ वर्षीय कलीभान नेपाली, सोही गाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ। ५८ वर्षीय लालबहादुर नेपालीको भने उपचारका लागि नेपालगन्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको  रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

जीप चिप्लिएर दुर्घटना भएको बताइएको छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयहरुले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

बलिवुडका निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत ओटीटीमा डेब्यु गरेका छन्। यो शृङ्खला १९४० को…

प्रतिकृयाहरू
...