Monday 19th January 2026

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो


तितोपाटी- गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ईस्मा गाउँपालीका ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चित्र बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, इस्मा गाउँपालिका ४ का १९ वर्षीय पर्शुराम थापा र मालीका गाउँपालीका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । जीप अनियन्त्रीत भई सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । जीपका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...