Saturday 10th October 2026

गुल्मी जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो


तितोपाटी- गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ईस्मा गाउँपालीका ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३३ वर्षीय चित्र बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, इस्मा गाउँपालिका ४ का १९ वर्षीय पर्शुराम थापा र मालीका गाउँपालीका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । जीप अनियन्त्रीत भई सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । जीपका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...