Wednesday 17th December 2025

चर्चित फुटबलर डिएगाे म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन


तीतोपाटी – चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो ।

सन् १९८६ को विश्व विजेता अर्जेन्टिनी टोलीका कप्तान रहेका म्याराडोनाले सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । फुटबलका फादर भनेर चिनिने पेले पछि दोश्रो महान खेलाडीको रूपमा चिनिएका उनी आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिए । चारवटा विश्वकपमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका म्याराडोनाले अर्जेन्टिाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

म्याराडोनाले क्लबस्तरमा बार्सिलोना र नापोलीबाट फुटबल खेलेका थिए । खेलाडीकालमा सर्वाधिक महंगा खेलाडीको रूपमा रहेका उनले इटालियन टोलीबाट दुईवटा सिरिए ए उपाधि समेत जितेका थिए ।

म्याराडोनाको मृत्यु पछि आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...