Friday 3rd May 2024

अर्थमन्त्रीलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन


तितोपाटी- अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाएइएको छ।

लुम्बिनीको राजधानी फेर्नका लागि पौडेलले अर्थमन्त्रीको पदसँग राजधानी साटेको भन्दै कांग्रेसले कालो झण्डा देखाएको हो। नेपाल विद्यार्थी संघ र तरुण दलले अर्थमन्त्री पौडेललाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका हुन्।

मन्त्री पौडेललाई नेपालगञ्ज रोडमा कालो झण्डा देखाएर विरोध प्रदर्शन गरिएको थियो। पछि प्रहरीले प्रदर्शनकारीलाई हटाएको थियो।
यसअघि पनि कांग्रेस कार्यकर्ताले प्रदेश राजधानी सारेको विरोधमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले गाडीमा ढुङ्गा प्रहार गरेका थिए।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...