Thursday 20th August 2026

एनबिडिए कुवेतको “रक्तदान कार्यक्रममा सहभागीताको लागि हार्दिक अपिल”


तितोपाटी- रक्तदान जीवन दान , रगतले नै जोड्छ हाम्रो सम्बन्धलाई आफु पनि बाचौ अरुलाई पनि बचाउ, हाम्रो एकथोपा रगतले संसारको कुनै पनि कुनाको मानिसलाई जिवनदान मिल्छ भने किन रक्तदान नगर्ने? त्यसैले जिवनमा आफ्नो स्वास्थ्यले साथ दिएसम्म रक्तदान गरौं र गर्ने उद्देश्य सहित कुवेतमा पनि अन्तर्राष्ट्रिय रक्तदाता सङ्घको भगिनी संस्था नेपाली रक्तदाता संघ गत सेप्टेम्बर महिनाको २५ तारिखमा कुवेतका परिचित ब्यक्तित्वहरुको पहलमा गठन गरिएको थियो।

नेपाली रक्तदाता सङ्घ कुवेतले आफ्नो छोटो अवधिमा अहम् छाप छोड्दै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई लक्षित गरि एक एक महिनाको अन्तरालमा कुवेत स्थित सेन्ट्रल बल्ड बैङ्क जाबरिया सङ्ग समन्वय गरि रक्तदानको कार्यक्रम गर्दै आएको छ।
संस्थाका उपाध्यक्ष जयनारायण थारुको भनाई अनुसार अहिलेको कोभिड -१९ को कहरमा गुज्रिरहेता पनि रक्तदान गर्ने इच्छुक ब्यक्तिहरुलाई समाजिक दुरि कायम गर्दै र प्रतक्षय रुपमा स्वास्थ कर्मीहरुको सल्लाह तथा सुझाव लिएर हाल सम्म तीन पटक रक्तदान कार्यक्रम गर्न सफल भएको छ। साथै थारुले जनाकारी गराए अनुसार तीन पटकमा ९० जना नेपाली दाजुभाइ दिदिबहिनी तथा गैर नेपाली दाजुभाईहरुले रक्तदान गरिसकेका छन।

सस्थाको अध्यक्ष रुपेन हमालले कुवेतमा कार्यरत नेपालीबासी दाजुभाइ दिदिबहिनी तथा इच्छुक गैर नेपाली दाजुभाई लाई रक्तदान गर्न अनुरोध गर्दै यदि कोहि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु रक्तदानको लागि इच्छुक रहे संस्थाका अध्यक्ष , उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको प्रतिनिधि हरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन, साथै कम्तीमा ३० देखि ३५ जनाको समूह छ भने घुम्ती सिविर मार्फत पनि र त्यो भन्दा कम सङ्ख्या छ भने संस्थाको तर्फबाट आउने जाने सवारी साधनको समेत ब्यवस्था रहेको जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रोजिना ढुंगाना - रातको करिब एघार बजेको थियो। सविताको हातमा मोबाइल थियो, तर उसको औँला एउटै स्क्रिनमा अडिएको थियो। उसले…

बंगलादेशका विदेश मामिला सल्लाहकार हुमायूं कबीरले प्रधानमन्त्री तारिक रहमानको आगामी सेप्टेम्बर १२–१३ मा भारतमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन…

इजरायली रक्षा बल (IDF) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले दक्षिणी सिरियाको भ्रमण गर्दै इजरायलको सीमासँगै कुनै पनि शत्रुतापूर्ण शक्तिले…

प्रतिकृयाहरू
...