Wednesday 8th October 2025

तेश्रोलिंगीकी पक्षधर सोनम कपुर


तितोपाटी – सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् ।

सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा प्रश्न सोधेका थिए ।

एक फ्यानले उनलाई सोधे, ‘के तपाईं मुस्लिमलाई मन पराउनुहुन्छ ?’

आफैंमा मुर्खतापूर्ण लाग्ने यो प्रश्नको सोनमले सहजतापूर्वक जवाफ दिइन्, ‘म सबै धर्म, जाति र सम्प्रदायलाई मन पराउँछु । हिन्दू धर्मले मलाई यही सिकाएको छ ।’

त्यसपछि अर्का व्यक्तिले सोधे, ‘के तपाईं आफ्ना पाकिस्तानी फलोअरहरुलाई माया गर्नुहुन्छ ?’

सोनमले जवाफ दिइन्, ‘म सिंगै पाकिस्तानलाई माया गर्छु । म त्यहाँ गएर छुट्टी मनाउन लालायित छु ।’

सोनम विगतदेखि तेस्रोलिंगीको अधिकारका पक्षमा खुला वकालत गर्दै आएकी छन् । यस विषयमा पनि एक जनाले प्रश्न राखे ।

‘भारतजस्तो रुढिवादी देशमा तेस्रोलिंगीको वकालत गर्ने हिम्मत तपाईंलाई कहाँबाट आयो ?’

सोनमको जवाफ जियो, ‘सत्य कुराको वकालत गर्न कुनै हिम्मत चाहिँदैन मित्र । केवल प्रतिवद्धता चाहिन्छ । म अहिले पनि आफ्नो धारणामा उत्तिकै अडिक छु ।’

हालै आफ्ना प्रेमी आनन्दा आहुजासँग विहे गरेकी सोनम यतिबेला आफ्नो पछिल्लो फिल्म ‘वीरे दि वेडिङ’ को सफलताको खुशी मनाइरहेकी छन् । त्यसपछि पनि उनले अभिनय गरेको फिल्म सञ्जु प्रदर्शनमा आएको छ । तर, यो फिल्ममा उनको छोटो रोल भएकाले खासै चर्चा पाइनन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...