Wednesday 29th July 2026

प्रधानमन्त्री निवास अगाडि धर्नामा बसेका ३१ जना पक्राउ


तितोपाटी – पाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कतिपय स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधिहरु विरुद्ध मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको धर्नाबाट प्रहरीले ३१ जना अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ ।

दिउँसो १ बजे आयोजित धर्नाबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, विभागीय संयोजकहरु जगन्नाथ पुडासैनी, बाबुराम न्यौपाने, अञ्जना अर्याल, विपी पौडेल सदस्यहरु सनत आचार्य, सरस्वती ढकाल, दिवाकर सिलवाल, गोकर्णमणी पुडासैनी, ईश्वर पुडासैनी, गोकुल पुडासैनी, सुरज बोहरा, रेजीना राई, किरण ढकाल, भगवान पुडासैनी, दुर्गा राना पुडासैनी, टिकाराम पौडेल, टंक गैरे, रमेश बराल, अर्जुन लामिछाने, दिपक पुडासैनी र प्रमोद पौडेलसहित ३१ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखेको छ ।

धर्नामा सत्याग्रही भोकै छन्नेः पाली जनता रोएका छन्, ओली सरकारको उपहारः स्वतन्त्रतामाथि प्रहार, स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरि कतिपय निर्णय गरेको छ भने न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलन अन्तर्गत असार २६ मा प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि पहिलो धर्ना आयोजना गरिएको थियो भने तेस्रो धर्ना असार ३२ गते १ बजे नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आयोजना हुदैँछ ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...