Thursday 15th October 2026

कुवेतबाट सियोना श्रेष्ठलाई अर्थिक सहयोग


तितोपाटी- पोल्याण्डमा उपचाररत १३ महिने  बालिका सियोना श्रेष्ठको उपचारका लागि कुवेतबाट आर्थिक सहयोग गरेका छन् ।

स्पाईनल मस्कुलर एट्रोफी एसएमई–१ नामको रोग लागेर यति खेर पोल्यान्डको वार्सामा सियोना उपचाररत छिन् ।

उनको उपचारको लागि २५ करोड लाग्ने अनुमान गरिएको छ। यति धेरै रकम उनको परिवारले खर्च गर्न नसक्ने मिडिया मार्फतसार्वजनिक भएपछि कुवेतस्थित नेपाली जनएकता सेवासमाज कुवेत र बिशाल मानन्धरको संयुक्त अभियानमा संकल उक्त रकम ने. रु. ५१ हजार ५ सय आर्थिक सहयोग गरेका छन।

१३ महिने सियोना श्रेष्ठको अहिले पोल्याण्डमा उपचार भइरहेको छ । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छन।

बालिका सियोनको सहयोगको लागि संसारभरका नेपालीले सहयोग गरिरहेका बेला हामीले पनि केही सहयोग गरेको बिशाल मानन्धरले तितोपाटीलाई बताए।उक्त रकम सियोनाको नाममा रहेको बैंक खाता नम्बरमा जम्मा गरिएको छ।

लामो समयदेखी कुवेतमा कार्यरत मानन्धरले अस्पतालमा उपचार गराइरहेका बालिका सियोना श्रेष्ठको उपचारका लागि थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिएकाछन।


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...