Wednesday 31st December 2025

कुवेतबाट सियोना श्रेष्ठलाई अर्थिक सहयोग


तितोपाटी- पोल्याण्डमा उपचाररत १३ महिने  बालिका सियोना श्रेष्ठको उपचारका लागि कुवेतबाट आर्थिक सहयोग गरेका छन्

स्पाईनल मस्कुलर एट्रोफी एसएमई नामको रोग लागेर यति खेर पोल्यान्डको वार्सामा सियोना उपचाररत छिन्

उनको उपचारको लागि २५ करोड लाग्ने अनुमान गरिएको छ। यति धेरै रकम उनको परिवारले खर्च गर्न नसक्ने मिडिया मार्फतसार्वजनिक भएपछि कुवेतस्थित नेपाली जनएकता सेवासमाज कुवेत बिशाल मानन्धरको संयुक्त अभियानमा संकल उक्त रकम ने. रु. ५१ हजार सय आर्थिक सहयोग गरेका छन।

१३ महिने सियोना श्रेष्ठको अहिले पोल्याण्डमा उपचार भइरहेको नेपालमा उपचार सम्भव नहुने उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छन।

बालिका सियोनको सहयोगको लागि संसारभरका नेपालीले सहयोग गरिरहेका बेला हामीले पनि केही सहयोग गरेको बिशाल मानन्धरले तितोपाटीलाई बताए।उक्त रकम सियोनाको नाममा रहेको बैंक खाता नम्बरमा जम्मा गरिएको छ।

लामो समयदेखी कुवेतमा कार्यरत मानन्धरले अस्पतालमा उपचार गराइरहेका बालिका सियोना श्रेष्ठको उपचारका लागि थोरै भएपनि आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिएकाछन।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...