Sunday 11th October 2026

प्रस्तावित ३ राजदूत सर्वसम्मतिले अनुमोदित


तितोपाटी- सरकारबाट विभिन्न देशका लागि प्रस्तावित राजदूतहरु संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्। बिहीबार बसेको समितिको बैठकले राजदूतहरुमाथि सुनुवाइ गरेको थियो।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिका लागि नेपाली राजदूतको पदमा नियुक्तिका लागि क्रमशः डा युवराज खतिवडा, लोकदर्शन रेमी तथा डा निर्मलकुमार विश्वकर्मालाई प्रस्ताव गरिएको थियो।

‘सुनुवाइ समितिको कार्यविधि, २०७५ बमोजिम डा युवराज खतिवडा, श्री लोकदर्शन रेग्मी तथा डा निर्मलकुमार विश्वकर्माको सुनुवाई गर्दा प्रस्तावित व्यक्तिहरुको योग्यता, क्षमता र अनुभवको आधारमा उक्त पदका लागि योग्य देखिनुभएको हुँदा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन) नियमावली, २०७४ को नियम २६ को उपनियम (५) बमोजिम डा युवराज खतिवडा, श्री लोकदर्शन रेग्मी तथा डा निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय गरियो’, सुनुवाइ समितिको निर्णयमा उल्लेख छ।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...