Monday 19th January 2026

हाटबजार टेण्डर खोल्ने विषयमा बुटवलमा प्रहरी र व्यवसायीविच झडप


तितोपाटी- बुटवल हाटबजारको टेण्डर खोल्ने विषयमा भएको विवादमा सोमबार प्रहरी र व्यवसायीविच झडप भएको छ । बुटवल उप महानगरपालिकाको स्वामित्वमा आएको बुटवल हाटबजारको ९६ वटा सटरको नयाँ टेण्डर प्रक्रियामा व्यवसायीले अवरोध गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको लाठीचार्जवाट केही व्यवसायी घाइते भएका छन । प्रदर्शनमा सहभागी व्यवसायीले महानगरले नियम विपरित टेण्डर प्रक्रिया अघि बढाएको आरोप लगाएका छन ।

पहिलेदेखि शेर्पा टि कम्पनीसँग भाडामा लिएर बसेका ब्यवसायीहरूले उप महानगरको नयाँ टेण्डर खोल्ने क्रममा अवरोध गर्न खोजेपछि बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । महानगरले पनि पुरानो ठेक्का सम्झौताको म्याद सकिएकाले कानुन अनुसार नयाँ प्रक्रिया अघि बढाएको जनाएको छ ।
महानगरपालिकाले १७ वर्ष पहिले सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत शेर्पा टिलाई पन्ध्र बर्षका लागि सटर भाडामा दिएको थियो । सम्झौता अनुसारको म्याद दुई बर्ष अघि नै सकिएपछि नयाँ प्रक्रिया अनुसार टेण्डर अघि बढाएको हो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...