Sunday 11th October 2026

प्रधानमन्त्री र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता


तितोपाटी- नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग नरवणेले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री र नरवणेबीच भएको भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतीपय विषयमा दुई देशबीच रहेको समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव भरत पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि उपस्थित थिए ।

यसअघि, आजै विहान नरवणेले माउन्टेन फ्लाइट गरेका थिए । नेपाली सेनाको हेलिकप्टरमार्फत् नरवणेले सगरमाथा क्षेत्रका उच्च हिमाली शृङ्खलाको अवलोकन गरेका हुन् । नरवणे विश्वकै अग्लो स्थान ३ हजार ८ सय ८० मिटरमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट गरी हिमालको दृष्य अवलोकन गरेर फर्किएका हुन् ।

त्यसपछि उनले शिवपुरीमा रहेको सेनाको तालिम केन्द्रमा अधिकृतहरुलाई सम्बोधन गरेका थिए । तीन दिने भ्रमण पूरा गरी नरवणे आजै स्वदेश फर्कने कार्यक्रम छ ।


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...