Saturday 1st August 2026

भारतीय सेना प्रमुख नरवणे आज अपराह्न नेपाल आउने


तितोपाटी- भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल भ्रमणमा आउँदैछन् ।

उनी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न चार सदस्यीय टोलीका साथ अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने कार्यक्रम छ ।  शुक्रबार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेना प्रमुखको भ्रमणलाई लिएर काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले नेपाल अरु कसैको इशारामा चलेको भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।
नेपाल भ्रमणमा आउनुअघि भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका छन् ।

साभार शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...