Wednesday 29th July 2026

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम


गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ शुक्रबार सार्वजनिक भएको छ।गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ। रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन्।गीतको भिडियोमा नायक पल शाह र रियासा दाहालसँगै उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ।

अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको गायक लम्सालले बताएका छन्। आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पीडा पलले देखाएका छन्। काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन्। भिडियोको सम्पादन दीपक बिष्टले गरेका हुन् भने कलर प्रबिन भट्टले गरेका छन्।झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा आफू पूर्ण आशावादी रहेको बताएका छन्।

 

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...