Sunday 15th June 2025

बसन्तको ‘डाँफे चरी’मा पल र रियासाको प्रेम


गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ शुक्रबार सार्वजनिक भएको छ।गीतमा बसन्त सँगै शान्ति श्री परियारको स्वर रहेको छ। रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन्।गीतको भिडियोमा नायक पल शाह र रियासा दाहालसँगै उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ।

अन्य भिडियोमा भन्दा यस गीतको भिडियोमा पल र रियासाको जोडीलाई फरक तरिकाले प्रस्तुत गरिएको गायक लम्सालले बताएका छन्। आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पीडा पलले देखाएका छन्। काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन्। भिडियोको सम्पादन दीपक बिष्टले गरेका हुन् भने कलर प्रबिन भट्टले गरेका छन्।झण्डै ५ दर्जन गीति एल्बम बजारमा सार्वजनिक गरिसकेका गायक लम्साल यस गीतलाई दर्शक तथा स्रोताले मन पराउनेमा आफू पूर्ण आशावादी रहेको बताएका छन्।

 

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एबम पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको…

“हाम्रो संस्कृति, हाम्रो पहिचान; हाम्रो लिपि–भाषा, हाम्रो शान” भन्ने मूल नारासहित कुवेतमा ‘वाणी र व्यवस्थापन तथा वक्तृत्वकला एवं कार्यक्रम सञ्चालन…

इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् । यसअघि इजरायलले शुक्रबार बिहानै…

प्रतिकृयाहरू
...