Wednesday 17th September 2025

पछिल्लो २४ घण्टामा ४०४७ संक्रमित थपिए


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ।

हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।

नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या ११ लाख ९१ हजार ५१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

तितोपाटी- जेनजीहरू आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश…

नयाँ दिल्ली: भारतीय सुरक्षा बलले सोमबार भएको गोली हानाहानमा एक शीर्ष माओवादी कमाण्डर र दुई अन्य विद्रोहीलाई मारेको अधिकारीहरूले बताएका…

प्रतिकृयाहरू
...