Monday 18th May 2026

पछिल्लो २४ घण्टामा थपिए ५ हजार ८ कोरोना संक्रमित


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको छ।

हाल देशभर ३० हजार ८१८ जना सक्रिय संक्रमित छन्। हाल १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हाल ४६८६ जना क्वारेन्टाइनमा रहेका छन्।

आज १९ हजार ३२० जनाको परीक्षण भएको छ। हाल ११ लाख ६४ हजार ५५७ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...