Sunday 11th October 2026

नेपालमा २४ घण्टायता ३४३९ संक्रमित, संक्रमितको संख्या ९४ हजार २५३ पुग्यो


तितोपाटी- पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन्। १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १४ हजार २०९ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ६८ हजार ६६८ जना निको भएका छन्। हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्। हालसम्म ७२.९ प्रतिशत संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...