Monday 12th October 2026

कविता- नरमाइलो दशै


यसपालि दशैमा
कती ठूलो आस थियो
मनको सबै कुराहरू
कवितामा लेख्नु पर्यो।।

चोक अनि चौपारीमा
रमाउने मन थियो
रातो टिका निधारमा
जमरा कानभरी।।

सबै जम्मा भएर
हल्ला गर्ने गाँउ भरी
खोर्खोरे खेल्ने अनि
हार्ने जित्ने रमाइलो।।

बुढापाका तास खेल्छन्
हेर्न कती रमाइलो
आशिर्बाद दिनु भनि
गाँउ भरी घुम्नु थियो।।

कति पैसा भयो भनी
लुकी लुकी हेर्नु थियो
गाँउ भरी घुमेर पिंग
पनि खेल्नु थियो।।
यी सबै आशाहरु
सपना भइदिए
यसपाली घरमै बसी
दशै मनाउन पर्ने भयो।।
-नारायण कोइराला
तानसेन पाल्पा
हाल- यूएई


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...