Friday 14th August 2026

मोदनाथ र सञ्जीवलाई दिने निर्णय गरिएको पुरस्कार रद्ध


काठमाडौं – ०७६ सालका लागि दिने भनिएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरिएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी गरी पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्ध गरेको हो । प्रतिष्ठानले पद्मश्री पुरस्कार समालोचक तथा उपन्यासकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो ।

प्रतिष्ठानले सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घोषणा भएपछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ ।’

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति क्षमायाचना गर्दै प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने बताएका छन् ।सो सम्मान दिने निर्णय भएपछि मोदनाथ प्रश्रितलाई यौन विवादमा जोड्दै सामाजिक सञ्जालमा चर्को विवाद भएको थियो । त्यसपछि उप्रेतीले पनि आफूले उक्त पुरस्कार नलिने घोषणा गरेका थिए । पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु तीन लाख रहेको छ ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...