Monday 22nd June 2026

स्वदेशका नेताहरूलाई परदेशी युवाको पत्र


नारायण कोइराला – आज बिदाको दिन आन्दोलनको योद्धा बनेर विदेश आएको पनि धेरै समय भयो । मारुमुमिको मिहिनेत अनि देशको अवस्था देख्दा मनमा पीडा भरियो अनि एउटा चिट्ठी लेख्न मन लाग्यो।

सम्माननीय नेताज्यूहरु
नमस्कार अनि अभिवादन ।
“म देशको सिपाही हु,देशप्रति ठूलो माया छ।हजुरहरू प्रति पनिमेरो कुनै दुस्मनी छैन।हर लडाइँमा हजुरहरुको साथ थिएँ, होइन र? पंचायत काल हटाउन होस वामाओवादी कालको लडाइँ नै किन नहोस, तपाइँहरुलाई साथ दिएको हो ।होइन भने मलाई भन्दिनुस् , म त्यसको हिसाब खोज्दिन।हिँजो तपाइहरुलाई साथ दिन जंगल अनि सडक आन्दोलनमा सहभागी भएको हो।

यसमा पनि म कुनै गुनासो गर्दिनँ।हिँजो नेपालको मुहार फेर्न लडाइँ लडे आज आफ्नो पेट पाल्न मरुभूमिमा श्रम बेच्दै छु । विदेशको कमाइले अहिले मैले राम्रो सँग दुई छाक खाएको छु। तपाइँहरुलाई यसमा पनि प्रश्न गर्दिनँ। म जस्ता देशभक्त नेपालीको लडाईले, तपाइले संसद भवन पाउनु भएको छ। यो म प्रश्न गर्छु हो, होइन? चिल्ला कार पाउनु भयको छ,अगाडि पछाडि सुरक्षा कर्मी पाउँनु भएको छ।यो पनि प्रश्न गर्छु, हो वा होइन भनेर?

यि त नमूना हुन्।अनि युद्ध लड्ने सिपाहीलाई के दिनु भयो। यहाँ पनि प्रश्न सोध्न पर्ने छ। आज देशमा यो अवस्था किन आयो? एक छाक खान नपाएर हजुरलाई सहयोग गर्ने सिपाही रोई रहेका छन्।कोही विदेशमा नोकरी गएर अलपत्र छन्।यस्तो अवस्थामा युद्ध लड्ने सिपाहीले आस गर्ने की नगर्ने? यस्तो बेलामा पनि भ्रष्टाचारको गन्ध आउँछ भने , हजुरहरुको लागि बलिदान दिएका सिपाईका सन्ततिलाई के भन्नु हुन्छ?
यसको उतर त हजुरहरुले दिनु पर्छ, होइन र? कि हिँजोका सबै कुरा बिर्सनु भो!! खबरदार सिपाहीलाई जिस्काउनु भयो भने के हुन्छ? त्यो त हामीलाई भन्दा हजुरहरुले बढी ज्ञान होला। कि भुल्नु भो,सम्झाउन पर्ने हो कि?

अझै पनि आसा छ, विदेशमा अल्पत्र परेकाहरुको छिटो उद्दार हुने छ।देशको लागि लड्ने सिपाही जहाँ भएँ पनि भोकै मर्नु पर्ने छैन।हजुरहरुको आँखा खुलोस् भन्दै चिट्ठी समाप्त गरे।

मरुभूमि देखि
हजुरको सिपाही

तानसेन पाल्पा
हाल, यूएई ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...