Tuesday 17th June 2025

आइपिएलको १३औं संस्करण भोलि शनिबारदेखि युएइमा शुरू हुने


तितोपाटी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण भोलि शनिबारदेखि युएइमा सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी फैलिएपछि सञ्चालन हुन सकेन।

निर्धारित मिति भन्दा धेरै पछि सञ्चालन हुन लागेको  यस सिजनको आइपिएल कोरोनाको कारण भारतमा हुन नसकेपछि युएइमा हुन लागेको छ भने उद्घाटन चरणको खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनले चेन्नई सुपर किङ्ससँग शनिबार अबुधाबीमा खेल प्रस्तुत गरे शुरू हुनेछ ।

विश्व क्रिकेटकै ठूलो लिग गाला ओपनिङ हुनेछैन र सामान्य तवरबाट उद्घाटन हुने बताइएको छ। दुबई र सारजहाका तीन भेन्युमा बन्द रंगशालाबीच खेलहरू सञ्चालन हुनेछन्। यस पटकको आइपिएल कोरोना महामारीबिच हुन लागेकोले  यस सिजनमा टिभीका दर्शक अत्यधिक हुने अपेक्षा गरिएको छ ।

आइपिएलको १३औं संस्करणको प्रतियोेगिता  ५३ दिन सम्मका खेल खेलाएर  नोभेम्बर १० मा सकिँदै छ । मैदानमा सहभागिता निकै न्यून रहँदा चियरलिडर्स पनि हुने छैनन्। खेलाडीहरू पनि आआफ्ना होटलबाट बिसिसिआईको स्वास्थ्य सुरक्षा प्रोटोकल (मापदण्ड) अपनाएर मैदानसम्म पुग्नेछन्।

सन् २००८ देखि सुरु भएको आइपिएलले विश्वभर लोकप्रियता बढाए पनि भ्रष्टाचार र म्याच फिक्सिङका घटनाहरू पनि बाहिर आउने गरेका छन्। सन् २०१३ मा चेन्नई र राजस्थान रोयल्स म्याच फिक्सिङमा मुछिएपछि दुई सिजनको प्रतिबन्धसमेत लागेको थियो।

 


सम्बन्धित शीर्षकहरु

असार ६ देखि ८ गतेसम्म पाँचौ आदिवासी जनजाती चलचित्र महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सवमा १९ आदिवासी फिल्म…

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको…

पाल्पाकाे पूर्वखाेला गाउँपालिका वडा नम्बर ५ बिरकोट स्थित स्याफतमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । भने एक…

प्रतिकृयाहरू
...