Sunday 17th May 2026

आइपिएलको १३औं संस्करण भोलि शनिबारदेखि युएइमा शुरू हुने


तितोपाटी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण भोलि शनिबारदेखि युएइमा सुरु हुँदै छ। प्राय जसो मार्चमा हुने आइपिएल कोरोना भाइरसको महामारी फैलिएपछि सञ्चालन हुन सकेन।

निर्धारित मिति भन्दा धेरै पछि सञ्चालन हुन लागेको  यस सिजनको आइपिएल कोरोनाको कारण भारतमा हुन नसकेपछि युएइमा हुन लागेको छ भने उद्घाटन चरणको खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनले चेन्नई सुपर किङ्ससँग शनिबार अबुधाबीमा खेल प्रस्तुत गरे शुरू हुनेछ ।

विश्व क्रिकेटकै ठूलो लिग गाला ओपनिङ हुनेछैन र सामान्य तवरबाट उद्घाटन हुने बताइएको छ। दुबई र सारजहाका तीन भेन्युमा बन्द रंगशालाबीच खेलहरू सञ्चालन हुनेछन्। यस पटकको आइपिएल कोरोना महामारीबिच हुन लागेकोले  यस सिजनमा टिभीका दर्शक अत्यधिक हुने अपेक्षा गरिएको छ ।

आइपिएलको १३औं संस्करणको प्रतियोेगिता  ५३ दिन सम्मका खेल खेलाएर  नोभेम्बर १० मा सकिँदै छ । मैदानमा सहभागिता निकै न्यून रहँदा चियरलिडर्स पनि हुने छैनन्। खेलाडीहरू पनि आआफ्ना होटलबाट बिसिसिआईको स्वास्थ्य सुरक्षा प्रोटोकल (मापदण्ड) अपनाएर मैदानसम्म पुग्नेछन्।

सन् २००८ देखि सुरु भएको आइपिएलले विश्वभर लोकप्रियता बढाए पनि भ्रष्टाचार र म्याच फिक्सिङका घटनाहरू पनि बाहिर आउने गरेका छन्। सन् २०१३ मा चेन्नई र राजस्थान रोयल्स म्याच फिक्सिङमा मुछिएपछि दुई सिजनको प्रतिबन्धसमेत लागेको थियो।

 


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...