Saturday 25th July 2026

प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन


तितोपाटी – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै काठमाडौं नयाँ बसपार्क स्थित माछापोखरी, वाैद्ध लगायतका स्थानमा शान्तिपुर्ण प्रदर्शन गरिएको छ । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो। मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको  गरेको थियो ।

‘हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर।’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर’ भन्ने प्ले कार्ड र ब्यानर बोकेर उनको पुनर्नियुक्तिका लागि प्रदर्शन भएको हाे भने आजै देखि देशभर कुलमानको पक्षमा सार्वजनिक प्रदर्शन  गरिने पनि सामाजिक सञ्जालमा खबरहरू आइरहेका छन् ।

१८ घण्टे लोडसेडिङलाइ हटाएर देशलाइ अँध्यारो मुक्त गरी हरेक नेपालीको मन मुटुमा बस्न सफल घिसिङलाइ पुनर्नियुक्त गर्नु पर्छ भनेर सामाजिक सञ्जाल मार्फत सर्वसाधारणले दवाव दिंदै आए पनि उनको कार्याकाल सकिंदा समेत सरकारले कुनै निर्णय नगरी उल्टै घिसिङको कार्यकाल सकिएपछि निमित्त कार्यकारी निर्देशकका रूपमा लेखनाथ कोइरालालाई नियुक्त गरेपछि सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा इरानसँग सम्बन्धित बढ्दो क्षेत्रीय तनावका बीच यमन पुनः व्यापक युद्धतर्फ धकेलिन सक्ने चिन्ता बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार इरानसँग…

होर्मुज जलडमरु (Strait of Hormuz) मा २८ जना भारतीय चालक दलका सदस्य रहेको एउटा एलपीजी (LPG) ट्यांकरमाथि आक्रमण भएको बताइएको…

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

प्रतिकृयाहरू
...