Sunday 18th January 2026

दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु्


तितोपाटी – दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ। घोराही उपमहानगरपालिका – १० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलोबाट पानी तानिरहेका बेलामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो।

अपराह्न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।-रासस


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...