Friday 21st August 2026

अमेरिकाको क्यालिफोर्नियामा लागेको डँढेलो फैलिंदै, संकटकालको घोषणा


तितोपाटी – अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरनजिकैको जंगलबाट शुरु भएको यस वर्षको डँढेलो (आगलागी) निकै ठूलो क्षेत्रसम्म फैलिएको पछिल्लो समाचारमा जनाइएको छ । प्राप्त सो समाचारमा सो क्षेत्रमा लागेको भीषण आगो यस वर्ष करिब २० लाख हेक्टर जमिनसम्म पुगीसकेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । क्यालिफोर्नियाको वन विभाग र आगलागी नियन्त्रण केन्द्रले सो जानकारी दिएको बताइएको छ ।

आगलागीका कारण जंगलनजिकै रहेको बस्तीका कैयौँ घर जलेर नष्ट भएका छन् भने सयौँ मानिस विस्थापित पनि भएका त्यहाँबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उक्त विभागले दिएको जानकारीमा यहाँका घर तथा अन्य सरकारी तथा निजी गरी ३ हजार ३०० भन्दा बढी संरचनाहरु जलेर नष्ट भएका छन् ।

यस वर्षको आगलागीका कारण आठ जनाको मृत्यु भएको छ भने राजमार्ग तथा अन्य आवश्यक मार्गहरु पनि बन्द भएका जनाइएको छ । आगलागीसँगै हावा तीब्र गतिमा चलिरहेकाले आगो निभाउन समस्या भएको र यसका कारण ठूलो जंगल क्षेत्र जलेर सखाप भइसकेको अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिले पनि तिब्र गतिमा हावा चलेको छ र आगोका मुस्लोहरु निस्किएर निकै टाढा टाढासम्म पनि पुगेका छन् । यसले गर्दा यहाँको हावा प्रदुषित हुनुको साथै तातो हावाको वहाब बढेको छ । आगो निभाउनका लागि त्यहाँ सयौँको संख्यामा अग्नी नियन्त्रक परिचालन गरिएको छ । आगो तिब्र रुपमा फैलिरहेका कारण आसपासका सयौँ भवनहरु खाली गराइएको छ ।

विमानबाट पानी हालिएको छ तर पनि अत्यधिक गर्मी र तेज हावाका कारण आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ । आगलागीका कारण शहरका विभिन्न भागमा धुँवाको मुस्लोले आकाश ढाकेको छ । त्यहाँका गभर्नरले क्यालिफोर्नियामा संकटकाल घोषणा गरेका छन् । आगो नियन्त्रणमा आएर सर्वसाधारणलाई सहज वातावरण नहुदासम्मका लागि यहाँ संकटकाल घोषणा कायमै रहेको बताइएको छ ।-एजेन्सी


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...