Friday 11th September 2026

राजधानी उपत्यकामा निषेधाज्ञा खुकुलो भयो, व्यापार/व्यावसाय र यातायात संचालन हुने


तितोपाटी – देशको राजधानी काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा खुकुलाे भएकाे छ । गत भाद्र ३ गते देखि जारी निषेधाज्ञा भाद्र ३१ सम्मको लागि लम्ब्याइए पनि यातायात र व्यापार/व्यवसाय क्षेत्र भोलि बिहिबारदेखि खोल्न पाउने गरि निषेधाज्ञालाइ खुकुलो बनाइएको छ ।

निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । ।

दैनिक उपभोग्य बस्तुका पसलहरू बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ । अन्य व्यावसायमा सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

तर होटल, रेष्टुरेन्ट, सिनेमा हल, हेल्थ क्लब तथा अन्य मनोरञ्‍जन स्थल,  शैक्षिक संस्था,  लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन।

जानकारीको लागि निषेधाज्ञा जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...