Friday 21st August 2026

अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणमा वलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ


तितोपाटी – बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो। जी न्युजका अनुसार उनले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको छ।

भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई तीन दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले जनाएका छन् ।

एनसीबीले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणबारे सेन्ट्रल इन्भेस्टिगेसन ब्युरो (सीबीआई) ले अनुसन्धान गरिरहेको छ । रियालाई भने लागुऔषध लेनदेन विषयमा एनसीबीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो । सुशान्त सि‌ंह मृत्यु प्रकरणबारे भारतका तीन वटा जाँच एजेन्सीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । सुशान्तको मृत्युु प्रकरण सीबीआई, आर्थिक मामिला प्रवर्तन निर्देशनालय (ईडी) र लागुऔषधसँग सम्बन्धित विषय एनसीबीले अनुसन्धान गरिरहेको छ ।

गत शुक्रबार एनसीबीले रियाका भाइ सोविक पक्राउ परेका थिए । उनले एनसीबीको अघि आफूले लागुऔषध खरिद गर्दै आएको पनि स्विकारेको समाचारहरुमा बताइएको छ । रियाकै कारण आफूले स्यामुएल मिरान्डालाई ड्रग्स मगाउने गरेको कुरा पनि स्विकारेको बलिउड हंगामाले उल्लेख गरेको छ । सोविकसँगै स्यामुएल एललाई पनि प्रहरीले प्रकाउ गरेको छ । एनसीबीले उनीहरुविरुद्ध लागुऔषध कारोबारमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...