Monday 30th March 2026

अब सबै सरकारी प्रयोगशालाले शुल्क लिएर कोरोनाभाइरस परीक्षण गर्न पाउने


तितोपाटी – नेपाल सरकारले अब सबै सरकारी प्रयोगशालाले शुल्क लिएर सर्वसाधारणको कोरोनाभाइरस परीक्षण गर्न पाउने निर्णय गरेको छ। यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अब शुल्क तिरेर सबै प्रयोगशालामा परीक्षण हुनेछ, तर दैनिक गरिने कुल परीक्षणको आधा मात्रै परिक्षण शुल्क लिएर गर्न पाउने गरी निर्णय गरिएको छ।

सरकारले लक्षण देखिएका, सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका र अग्रपङ्क्तिमा खटिनेको नि:शुल्क कोरोनाभाइरस परीक्षण गर्ने गरेको छ। अब सङ्क्रमण भए/नभएको यकिन गर्नका लागि परीक्षण गर्न खोज्ने सर्वसाधारणले सबै सरकारी प्रयोगशालाबाट शुल्क तिरेर परीक्षण गर्न पाउने छन्।

यसअघि काठमाण्डू उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालका प्रयोगशाला एवं हरेक प्रदेशमा एउटा सरकारी प्रयोगशालालाई सशुल्क परीक्षणको अनुमति दिएको थियो।

त्यसका अतिरिक्त १३ वटा निजी प्रयोगशालामा पनि सशुल्क परीक्षण गर्न अनुमति दिएको छ। सरकारले कोरोनभाइरस परीक्षणको शुल्क अधिकतम ४,४०० रुपैयाँ तोकेको छ।
-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...