Monday 8th June 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु ।
खाली पेटमा झन् पटुका कसेका दिनहरु ।
चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय
महामारीले जनतालाई डसेका दिनहरु ।

घाम किन घाम जस्तो लाग्दैन आजभोली ।
‌निराशा छ किन आशा जाग्दैन आजभोली ।
जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि
यो मनले किन सहारा माग्दैन आजभोली ।

सबै रात मान्छे किन झस्किएर जाग्छ यहाँ ।
आफ्नै छायाँसँग पनि किन डर लाग्छ यहाँ ।
त्रसित आँखाभरी अनौठो आभाष देखिन्छ
भेट्दा अँगालो हाल्नेले आज पर भाग्छ यहाँ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...