Friday 1st August 2025

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


धेरै छन् यहाँ भोकभोकै बसेका दिनहरु ।
खाली पेटमा झन् पटुका कसेका दिनहरु ।
चटक्कै बिर्सिनु कसरी यो निर्दयी समय
महामारीले जनतालाई डसेका दिनहरु ।

घाम किन घाम जस्तो लाग्दैन आजभोली ।
‌निराशा छ किन आशा जाग्दैन आजभोली ।
जसोतसो जिवन गुजारा गर्नु नै छ तर पनि
यो मनले किन सहारा माग्दैन आजभोली ।

सबै रात मान्छे किन झस्किएर जाग्छ यहाँ ।
आफ्नै छायाँसँग पनि किन डर लाग्छ यहाँ ।
त्रसित आँखाभरी अनौठो आभाष देखिन्छ
भेट्दा अँगालो हाल्नेले आज पर भाग्छ यहाँ ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हालः काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...