तितोपाटी- वैदेशिक रोजगारीबाट घर बिदामा आएको कामदार पुनः श्रम स्वीकृति लिने क्रम बढ्दाे छ । कोरोना भाइरसको महामारीका बीचमा नै विभिन्न देशबाट घर बिदामा आएका ३ हजार २ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सरकारले फागुनकाे अन्तिम सातादेखि रोकेको पुनः श्रम स्वीकृति गएको १८ असारदेखि खुला गरेको हो । यस्तै, नयाँ श्रम स्वीकृति पनि सरकारले खुलाएको छ । तर काठमाडाैंमा भएको निषेधाज्ञा र कोरोना प्रभावका कारण नयाँ श्रम स्वीकृतिका काम नभएको विभागले जनाएको छ ।
नयाँ श्रम स्वीकृतिका लागि आवेदन पनि नपरेको विभागले जानकारी दिएको छ । यो अवधि खाडीका देश र मलेसिया जाने पुनः श्रम स्वीकृति लिएका छन् ।
यस्तै, यही अवधिमा १ सय ४९ जनाले वैधानिकीकरण (पहिले अरु नै भिसाका विदेश गएर त्यहाँ काम गरेपछि नेपाल आएका) श्रम स्वीकृति लिएका) गरेका छन् ।-शिलापत्रबाट