Sunday 11th October 2026

पुल्चोक झडपका क्रममा पक्राउ परेका ६ जनामा कोरोना


तितोपाटी- ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा कोरोना संक्रमण न्यून गर्न प्रशासनले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएको थियो।
सोही झडपका क्रममा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
उनले भने पक्राउ परेकालाई हाँजिरी जमानीमा छोडेको बताए । ‘आज आएको रिपोर्टमा ६ जनामा संक्रमण देखिएको छ, उनीहरूलाई हाँजिरी जमानीमा छोडिएको छ’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...