Sunday 18th January 2026

पुल्चोक झडपका क्रममा पक्राउ परेका ६ जनामा कोरोना


तितोपाटी- ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा कोरोना संक्रमण न्यून गर्न प्रशासनले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएको थियो।
सोही झडपका क्रममा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
उनले भने पक्राउ परेकालाई हाँजिरी जमानीमा छोडेको बताए । ‘आज आएको रिपोर्टमा ६ जनामा संक्रमण देखिएको छ, उनीहरूलाई हाँजिरी जमानीमा छोडिएको छ’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...