Thursday 19th February 2026

चर्चामा ग्ल्यामरस भारतीय नायिका दिशा पटानी


तितोपाटी – हेर्दाहेर्दै बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री बनेकी छिन् दिशा पटानी । ठूला-ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन लागिरहेका छन् । 

दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छन् । र, ती दुवै फिल्म हिट भएका छन् । उनको पहिलो फिल्म थियो क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक । जसमा उनले धोनीकी पत्नी साक्षीको भूमिका निभाएकी थिइन् । यही फिल्मबाट उनी नोटिसमा आइन् ।

हालै उनको दोस्रो फिल्म बागी २ प्रदर्शनमा आयो र धमाकेदार कमाई गर्‍यो । यस फिल्ममा दिशा आफ्ना रियल लाइफ ब्वाइफ्राइन्ड टाइगर श्राफसँग देखिएकी छन् । बागी २ को सफलतापछि दिशाको चर्चा चुलिएको हो ।

अहिले उनी सलमान खानको फिल्म ‘भारत’ मा व्यस्त छिन् । यस फिल्मका लागि जमेर मिहिनेत पनि गरिरहेकी छन् । साथै ऋतिक रोशनको जोडी भएर अर्को फिल्म खेल्ने पनि तय भएको छ ।

यसरी हातमा दुई प्रोजेक्ट भइसकेपछि तत्काल उनले अर्को अफर स्वीकार्ने सम्भावना छैन । यस्तोमा उनले सुपरस्टार अक्षय कुमारको जोडी बन्ने प्रस्तावलाई समेत नकार्नु परेको छ । उनलाई ‘हाउसफुल ४’ का लागि यो अफर आएको थियो । समय नभएको भन्दै उनले अफर अस्वीकार गरिन् ।

कुनै बेला बलिउडमा फिल्म पाउनका लागि निर्माता-निर्देशकको दैलो चहार्ने दिशा पटानीको करिअरले यति चाँडो यो उचाई लेला भन्ने सायदै कसैलाई लागेको थियो । उनी आफ्नो ग्ल्यामरस र सेक्सी छविका लागि पनि चर्चित छिन् ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...