Wednesday 24th June 2026

भारतमा एकै दिन ८६ हजार बढि कोरोना संक्रमित, कुल संक्रमित ४० लाख नाघ्यो


तितोपाटी – कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल संख्या ४० लाखभन्दा बढी पुगेको अधिकारीहरुको भनाई छ । भारतमा कुल ४० लाख २७ हजार भन्दा बढि मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या ६९ हजार नाघेको छ । भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित भएकाहरु मध्ये ३१ लाख भन्दा बढि मानिसहरू सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी अरु आठ लाख ५० हजार भन्दा बढि मानिस अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ८ हजार ९ सय भन्दा बढि गम्भिर बिरामी छन् ।


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...