सबैजनालाई नमस्कार । म हरि शर्मा । म आफूलाई ब्यङ्य कवि भन्न मन पराउँछु । यो सुसेली नेपालमा परापुर्वकालदेखि चली आएको गीति कविता हो । यो हाइकु जस्तै छ भए पनि हाइकु भने पटक्कै हैन । यहाँहरुलाई भ्रम नहोस यो यहाँ हुनेहरु कसैप्रति लक्षित छैन । यो मैले रास्टृय सुसेली मंच नेपालमा गरेको प्रस्तुती हो ।
छल कपट
कति धेरै बढेको
काँप्यो जगत । ???????????
ईश अब त
आए पनि हुन्थ्यो नि
लिई स्वरुप । ???????????
कंस रावण
फेरि पनि जन्मेका
ऐले लोकमा ।???????????
शोक शोकमा
सोझा साझा परेका
सारै दु:खमा । ???????????
कुर्ल्यो रावण
सीता माथि अन्न्याय
पापी दुश्मन । ???????????
हैन बिराको
सीता पति भक्त हुन्
मन सफा त्यो । ???????????
कत्रो अन्याय
पतिब्रता नारीमा
दङ्ग म भएँ ।???????????
पक्कै मर्नेछ
राम लङ्का नजिक
पुगे भर्खर । ???????????
सारा राक्षस
सबै एकै चिहान
भोलि बिहान । ???????????
सत्य डग्दैन
झूठो कुरा क्षणिक
धेरै टिक्दैन । ???????????
बुझौँ सबैले
बेला बेला स्वरुप
लिन्छन् प्रभुले । ???????????
हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।