Sunday 18th January 2026

मर्स्याङ्दीमा खस्यो मिनी ट्रक, गोताखोर टोलीद्वारा खोजी


तितोपाटी- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिक आज बिहान मर्स्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ। सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए।
‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ,’ प्रहरी उपरीक्षक पौडेलल भने। उनका अनुसार सिसिटिभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक सडकमा देखिएको थियो । रासस


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...