Sunday 11th January 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा ।
कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा ।
भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु
आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा ।

दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ?
मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ?
जानेर पनि नजाने झैं गर्छन् कसरी सम्झाउँ
समयको गाम्भिर्यता बुझेर पनि बुझ्दैन किन ?

रोईरहेछ मन धरधरी तैपनि हाँसेरै बसेको छु ।
चुँडिएको माया लाई माला गाँसेरै बसेको छु ।
आफ्नो लक्ष्य सँगै झिनो भरोसा मरेको छैन
उध्रिएको आशालाई मन मै टाँसेरै बसेको छु ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना…

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

प्रतिकृयाहरू
...