Sunday 11th October 2026

तीन चोटिला मुक्तकहरू -राम भण्डारी


नसोध चलिरहेको जिन्दगी रोकिनु को पीडा ।
कसले बुझ्दछ द्रुत गतिमा ठोकिनु को पीडा ।
भनुँ कसरि बुझिदिने कसले बरु सहि रहन्छु
आफ्नै मुख भित्रको जिब्रो टोकिनु को पीडा ।

दृढ भएर परिस्थिति सँग मान्छे जुध्दैन किन ?
मेहनतको पसिनाले त्यो मान्छे रुज्दैन किन ?
जानेर पनि नजाने झैं गर्छन् कसरी सम्झाउँ
समयको गाम्भिर्यता बुझेर पनि बुझ्दैन किन ?

रोईरहेछ मन धरधरी तैपनि हाँसेरै बसेको छु ।
चुँडिएको माया लाई माला गाँसेरै बसेको छु ।
आफ्नो लक्ष्य सँगै झिनो भरोसा मरेको छैन
उध्रिएको आशालाई मन मै टाँसेरै बसेको छु ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...