Friday 21st August 2026

भारतका पुर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन


भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा नयाँ दिल्लीमा सोमवार साँझ निधन भएको छ। उनको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले सोमवार साँझ उनको निधन भएको ट्वीट गरेर पुष्टि गरेका छन्।

भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो।

अगस्ट १० मा उनले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताएका थिए। मुखर्जी केही समयदेखि कोमामा थिए।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गरेका छन् भने मुखर्जीको निधन पछि भारतमा ७ दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

राजनीतिक पद प्रधानमन्त्री बाहेक सबै पद सम्हाली सकेका उनी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहेका थिए। जिवनको केहि काल शिक्षण पेश र पत्रकारिता समेत गरेका उनी राजनीतिज्ञ मात्र नभएर एक अर्थविद पनि थिए ।


सम्बन्धित शीर्षकहरु

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

प्रतिकृयाहरू
...