Saturday 29th August 2026

भारतीय नायिका सोनाली बेन्द्रेलार्इ हाइ ग्रेड क्यान्सर !


तितोपाटी – नायिका सोनाली बेन्द्रले इन्सटाग्राममा एक पोष्ट गर्दै आफूलाई हाइग्रेड क्यान्सर भएको खुलासा गरेकी छिन् ।

उनको न्यूयोर्कमा उपचार भइरहेको छ । यद्यपि, उनले आफूलाई कस्तो खालको क्यान्सर भएको भने खुलाइनन् ।

मिडिया रिपोर्टका अनुसार उनको क्यान्सर चौथो स्टेजमा रहेको छ ।

पछिल्लो महिना उनलाई हिन्दुजा हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो ।

सोनालीले सन् २००२ मा फिल्म निर्देशक गोल्डी बहलसँग विवाह गरेकी थिइन् । दुवैको १३ वर्षका छोरा रणवीर रहेका छन् ।

आशावादी छु, डटेर लड्छु
सोनालीले आफ्नो पोष्टमा लेखेकी छिन् – कहिलेकाहीँ जब तपाईंसँग केही आशा हुँदैन तपाईंलाई जीवनले गुगली दिन्छ । हालै एक रिपोर्टमा आयो कि मलाई हाई ग्रेड क्यान्सर छ । हामीलाई अहिलेसम्म यसबारे केही थाहा थिएन । मेरो परिवार र मेरा साथीहरु मेरो नजिक छन् । सबैले मलाई समर्थन गरिरहेका छन् र ख्याल राखिरहेका छन् । म भाग्यमानी छु र सबैलाई धन्यवाद दिन चाहन्छु । योसँग लड्ने योभन्दा अन्य तरिका हुन सक्दैन । म हाल न्यूयोर्कमा उपचार गरिरहेकी छु । म आशावादी छु र बाटोमा आउने सबै अप्ठ्यारासँग डटेर लड्ने छु । अहिलेसम्मको यात्रामा माय र साथले मलाई मद्दत गर्यो । यसका लागि सबैको आभारी छु ।’

डा सन्दीप जसूजाका अनुसार हाइ ग्रेड क्यान्सरमा ट्युमर शरीरमा तीव्र गतिमा फैलिन्छ । यो ट्युमरको आक्रामक स्थिति हो । यो शरीरको कुन अंगमा भयो, बिरामीको उमेर कति हो र कुन स्टेजको हो भन्ने आधारमा उपचार तय गरिन्छ ।

सन् १९७५ को जनवरी १ मा जन्मिएकी सोनाली बेन्द्रलेले मोडलिङबाट आफ्नो करियरको शुरुवात गरेकी थिइन् । सन् १९९४ मा चलचित्र आगबाट उनले बलिउडमा डेब्यु गरेकी थिइन् । भाई (१९९७), सरफरोश (१९९९), जख्म, डुप्लिकेट, हम साथ साथ हे (१९९९), दि ही दिल मे (२०००) लगायत चलचित्रमा उनले काम गरेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ जना तीर्थयात्री भारत फर्किएका छन्। भारतका एक उच्च अधिकारीले तीर्थयात्रीहरूको…

काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका…

प्रतिकृयाहरू
...